Saturday, July 3, 2010

पोखरा भ्रमण वर्ष कार्यक्रम र्सार्वजनिक


जारी पोखरा भ्रमण वर्ष२००७ का कार्यक्रमहरु शनिवार पोखरामा र्सार्वजनिक गरिएको छ । पोखरा भ्रमण वर्षआयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमहरु र्सार्वजनिक गरेको हो । भ्रमण वर्षा संयोजक एवं नेपाल पर्यटन वोर्डका सदस्य वासुदेव त्रिपाठीले भ्रमण वर्षा अवसरमा हालसम्म भएका कार्यक्रमहरु तथा प्रगति विविरण र्सार्वजनिक गर्नुभएको थियो। सो अवसरमा उहाँले भ्रमण वर्षाई पोखरेली र वरपरका वासिन्दाले अवसरको रुपमा सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो । हालसम्म भ्रमण वर्षा प्रचार सामाग्री अन्तगर्त व्रोस्योर, स्टिकर, होर्डिङ वोर्ड, प्याकेज कार्यक्रम, पोष्टर आदि तयार भइसकेको र वोर्डहरु टाँग्ने काम समेत भइसकेको उहाँले जानकारी दिनुभयो । पोखरा भ्रमण वर्षे पश्चिमाञ्चल क्षेत्रलाई नै लक्षित गरी पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु अगाडि बढाइने कार्यक्रम तालिका समेत तयार पारेको उहाँले जानकारी दिनुभयो । भ्रमण वर्षा अवसरमा युवा व्यवसायी विच अन्तरक्रिया कार्यक्रम, पर्यटन क्षेत्र सम्वद्ध संचारकर्मीविच लेखन कार्यशाला, ट्राभल मार्ट, एफएममा हाजिरी जवाफ, राष्ट्रिय फोटो प्रदर्शनी, विभिन्न महोत्सवको आयोजना आदि कार्यक्रम अर्न्तर्गत समेटिएको त्रिपाठीले जानकारी दिनुभयो ।पोखरालाई देश विदेशमा प्रवर्द्धन गर्न र भ्रमण वर्षो प्रचार प्रशारका लागि नेपाल र भारतका विभिन्न शहरहरुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने पनि सो अवसरमा जानकारी दिइएको थियो । भारतका मुर्म्वई, अहेमदावाद, बारोडा, नागपुर र पुनेमा २८ मार्च देखि हुने वेष्ट्रन इन्डिया रोड सो कार्यक्रममा भ्रमण वर्षा लागि सहभागि पठाइने र यसमा पोखराका व्यापारी पनि जान सक्ने कार्यक्रममा जानकारी दिइएको थियो । यसैगरी पश्चिमी मुलुकहरुमा हुने विभिन्न कार्यक्रम तथा महोत्सवहरुमा समेत पोखरा भ्रमण वर्षो प्रचार प्रशार गर्ने कार्यक्रम रहेको र त्यसका लागि सहभागिहरुलाई पठाइने त्रिपाठीले जानकारी दिनुभयो । भ्रमण वर्षअर्न्तर्गत पोखरा आउन चाहने पर्यटकका लागि विभिन्न प्याकेजहरु समेत पर्यटन व्यवसायी विच छलफल गरी तयार गरिएको र तिनलाई छिटै नेपाल पर्यटन वोर्डको वेभसाइटमा वेलकम नेपाल डटकममा राख्ने तयारी भइरहेको संयोजक त्रिपाठीले जानकारी दिनुभयो । पोखरा भ्रमण वर्षअर्न्तर्गत होटल, घुम्ने गाडि, खानपानको स्तर र अवधि हेरी विभिन्न रकम दरमा प्याकेजहरु विकास गरिएका छन्

0 comments:

Post a Comment